Lil prakash Chand
By lilprakash
Lil prakash ChandOct 20, 2019
जाजरकोट भूकम्प प्रभावितलाई मनोवैज्ञानकि सहयोग र निगारनी आवश्यक
कात्तिक १७ गतेको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५४ जनाको मृत्यु भयो ।
भूकम्पको १ महिनाभन्दा धेरै समय बितिसक्यो । प्रभावितहरू सम्हालिँदै छन् तर उनीहरूलाई मनोवैज्ञानिक सहयोग र निगरानी आवश्यक छ ।
सीआईएनको सूचनापछि कहिल्यै बल्झिएन हरिप्रसादको घाउ
आफ्नो परिवारको सङ्ख्या धेरै भएको उल्लेख गर्दै हरिप्रसादले थोरै भए पनि भत्ताको रकमले घर खर्च चलाउन सहयोग पुगेको बताउनुभयो ।
सूचना जानकारीका लागि हालसम्म टेलिभिजनमा भर पर्दै आउनुभएका गौतम रेडियोबाट पाएको जानकारीका आधारमा सामाजिक सुरक्षा भत्ता पाउन सफल भएपछि भने उहाँले अब घरमा नै रेडियो राख्ने निर्णय गर्नुभएको छ ।
'फेरिफेरि पनि त्यस्तो केही पर्न आयो भन्देखिन् सुन्न पाइन्छ नि, हो कि होइन भन्नुस् त ? बाहिर सुनेको भन्दा त आफैँले सुनेको राम्रो।' हरिप्रसादले हाँस्दै आफ्नो विचार सुनाउनुभयो ।
नेपाल-भारत सीमा विवाद, सुरु र अन्त्यको सम्भावना | लेखक तथा अध्ययता रतन भण्डारीसँगको कुराकानी
भारतले सार्वजिनक गरेको नक्सामा नेपाली भूभागपरेपछिको नेपालको विरोध, ७१ स्थानमा मिचिएको नेपाली सीमाना, अतिक्रमित भूभाग एकसाथ फिर्ता आउने सम्भावना र चुनौतीको बारेमा नेपाल-भारत सीमा विवाद बारेका अध्यता रतन भण्डारीसँग गरिएको विशेष कुराकानी । सुनेर प्रतिक्रिया लेख्न सक्नुहुनेछ ।
कलाकार, सांसदहुँदै सभामुखसम्मको पूर्ण घर्तीको उतारचढाव
तत्कालीन माओवादीले रोल्पालाई ‘लाल क्षेत्र’ बनाउन २०५० सालमा रुकुममा पर्ने सिस्ने हिमाल र जलजला माईको नामबाट ‘सिज’ अभियान सुरु गर्यो ।
त्यस्को २ वर्षपछि अभियान नियन्त्रणका लागि सरकारबाट रोल्पामा ‘अप्रेशन रोमियो’ चलाउँदाताका परिचालित सुरक्षाकर्मीबाट भएका ज्यादतीपछि पूर्ण घर्तीले लेख्नुभएको ‘ढल्दैन त्यो’ बोलगको गीत लेखक स्वयं र माइला लामा, सीता आचार्यलगायतले गाउनुभयो ।
रोमियो अप्रेशनको तीन महीनापछि माओवादीले सशस्त्र विद्रोहको घोषणा गर्दा रोल्पाली मात्र होइन सिङ्गो मुलुक नै स्तव्ध भयो । विद्रोहीहीहरूमा उत्साह देखिए पनि अरु सामान्य अवस्थामा थिएनन् । गायक तथा लेखक घर्तीले नै लेख्नुभयो,‘एकै रातमा धरती हल्लियो ।’ अनि गायनमा उहाँलाई सीता आचार्यले सघाउनुभयो ।
राजनीतिले नेतृत्व गर्थ्यो र कला,साहित्य, सेना,सङ्गठन,बिभिन्न जनवर्गीय सङ्गठन इत्यादीले सेवकको रूपमा काम गर्थे ।’ घर्तीले सीआईएनसँग भन्नुभयो, ‘हामीले पनि त्यही भूमिका निर्वाह गरेका थियौँ ।’
३ दर्जनभन्दा धेरै गीत लेख्नुभएका घर्तीका सबै गीत रेकर्ड हुन पाएनन् । उतिबेला माओवादीले लिएका सिद्धान्त र अपनाइएका रणनीतिसँग मिल्नेगरी कलाकारहरूले गाउनु र नाच्नुपर्थ्यो । ‘जोशिलो अभिावदन’, ‘यात्रा हाम्रो’ लगायतका गीत लेख्दा र गाउँदासम्म सशस्त्र युद्ध थालिएको करिब २ वर्ष भईसकेको थियो ।
उहाँले २०४७ देखि १७ वर्ष अखिल नेपाल जनसाँस्कृतिक सङ्घको केन्द्रीय समितिमा रही राप्तिस्तरीय साँस्कृतिक अभियानको नेतृत्व गर्नुभयो । यसबीचमा गठन भएको तत्कालीन जनमुक्ति सेनाको बारेमा घर्तीले लेख्नुभएको ‘जनमुक्ति सेना हामी’ बोलको गीतले उतिकै चर्चा पायो ।
२०५८ देखि २ वर्ष माओवादी निकट केन्द्रीय साँस्कृतिक टोली संयोजक, केन्द्रीय श्रव्यदृश्य प्रमुख एवम् केन्द्रीय साँस्कृतिक विभाग सदस्य रहनुभएका पूर्ण घर्ती ५४ देखि तीन वर्ष भने रुकुम जिल्ला सेक्रेटरी बन्नुभयो ।
२०५७ मा रुकुमको पहिलो जनसरकार प्रमुखमा निर्वाचित भए पनि कलम चलाउन र स्वर दिन भने उहाँले छोड्नुभएन ।
अचेल पनि प्रायः गीतहरू सुन्दा गुनगुनाउने गरेको सुनाउँदै उहाँले भन्नुभयो, ‘अहिले गाउने अभ्यास त्यति नभए पनि त्यतिबेला खुब चासो र रुचि थियो । गीतसङ्गीतले जोकोहीलाई प्रभाव त पारीहाल्छ । अहिले पनि हातहरू चल्छन्, गुनगुनाउन मन लाग्छ ।’
रुकुमको खारा युद्धमा माओवादीले ठूलो क्षति व्यहोनुपर्यो भने कालिकोटको मालकोट र रोल्पाको थवाङमा दर्जनौँ घर जलाइएका थिए ।
यस्तो बेला पार्टीभित्र देखिएको सन्नाटा र निरासा चिर्न फेरि घर्तीले २०५९ सालमा ‘कसले भन्छ, क्रान्ति यहाँ’ बोलको गीत लेख्नुभयो र मोहित श्रेष्ठको सङ्गीतमा श्रेष्ठलगायतको स्वरमा रेकर्ड गरियो ।साविक रूकुमको चुनवाङ्ग ६ लाखर खोलामा २०२४ सालमा निम्नमध्यम परिवारमा पूर्ण घर्ती जन्मनुभएको हो ।
१७ वर्षको उमेरमै अनेरास्ववियुको सङ्गठित सदस्यता प्राप्त गरी मावि रूकुमकोटको ईकाइ सदस्य भए पनि जनतामाझ भने आफूले संस्कृतिकर्मीको रूपमा परिचय बनाएको उहाँको बुझाइ छ ।
कहिलेकाहीँ देखेका, सुनेका गीत पनि गाएको उल्लेख गर्दै कहिले आफैले लेखेर गाए पनि जनतालाई सुसूचित गर्ने काम गरिएको धारणा राख्नुभयो । ‘जनताको बीचमा जाने मौका पाएँ र मलाई संस्कृतिकर्मीकै रूपमा उनीहरूले चिने ।’ घर्तीले थप्नुभयो ।
२०६३ सालमा शान्ति सम्झौता भएर माओवादी शान्ति प्रक्रियामा आएपछि पनि पार्टीको बिभिन्न पद र जिम्मेवारी उहाँले निभाउनुभयो । गायनकै क्रममा चिनजान, सहकार्य र प्रेम बसेको ४ वर्षपछि ५१ सालमा पूर्ण घर्तीको विवाह सीता आचार्यसँग भयो ।
२०७४ मसीर २२ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा रुकुम पूर्व २ बाट निर्वाचित भएको तीन महिनापछिदेखि भने गायक, लेखक र सङ्गीतकारको रूपमा परिचित पूर्ण घर्ती प्रदेश नम्बर ५ को सभामुखको भूमिकामा हुनुहुन्छ ।
सांसद् हुँदै सभामुखसम्म तर गहिरो कलाप्रेमी
पञ्चायतदेखि बहुदल होस् वा जनयुद्धदेखि लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलनमा पनि कलाकारहरूको महत्वपूर्ण भूमिका रह्यो । तत्कालीन सशस्त्र युद्ध र त्यसअघिको पञ्चायत ढाल्नका लागि सांस्कृतिक रूपमा सक्रिय पूर्ण घर्तीको योगदान र नेतृत्व पनि महत्वपूर्ण नै रह्यो ।
निर्णायक तहमा महिलाको भूमिका बढाउन र मातृ तथा शिशु मृत्यु दर कम गर्न पुरुषहरु परिचालन (अडियोसहित)
महिला तथा बालबालिकाको स्वास्थ्यका बारेमा चेतना जगाउन गठन गरिएका पुरुष समूह बाँकेमा प्रभावकारी बनेका छन् । मातृ तथा शिशु मृत्युदर कम गर्न सबै पुरुषले सहयोगी भूमिका नखेलेको पाइएपछि बा समूह गठन गर्ने अभियान चलाइएको हो ।
हिमालकै कारण गाउँघर समृद्ध बन्दै
स्थानीय निकाय हुँदा थोरै रकममा चित्त बुझाउने गाउँपालिकाले रोयल्टीवापद् करौडौँदेखि सयदुई सय भाग पाएका छन् । थोरै पाउनेहरू भने रोयल्टीको मापदण्ड सच्याउनुपर्ने पक्षमा छन् ।
स्थायी शिक्षक नियुक्तिमा शक्तिहरूको सङ्घर्ष
तीन तहका सरकारका काुनन र क्षेत्राधिकार बारेको अन्यौलताका कारण स्थायी शिक्षक नियुक्तिमा समस्या देखिएको छ । एकलेअर्काको निर्णय र निर्देशन कार्यान्वयन नगर्ने अवस्था भएपछि सिफारिस भएका शिक्षक भने तनावमा छन् ।
अस्थायी शिक्षकका नाउमा दलीय भर्ती केन्द्र
सामुदायिक विद्यालयमा कार्यरत करिब साढे ३ लाख शिक्षक मध्ये निजी स्रोतका ८४ हजारभन्दा धेरै र ३८ हजारभन्दा धेरै राहत शिक्षक छन् ।
सरकारी शिक्षकमध्ये लगभग सबैजसो राजनीतिक दलका सदस्य र दलका १५ शिक्षक संगठनको हिसाव हेर्दा त्यसमध्ये २० हजार भन्दा बढी शिक्षक नेता–कार्यकतकै रुपमा सक्रिय रहेकाले दलहरु शिक्षाको गुणस्तरलाई भडखालोमा हाल्ने मुद्दामा बोल्न सकेका छैनन् ।
तनाव व्यवस्थापनका उपाय
मानसिक रुपमा स्वस्थ हुनका लागि तनाव व्यवस्थापन महत्वपूर्ण मानिन्छ । हिजोआज प्रायः सबै व्यक्ति कुनै न कुनै प्रकारको तनावमा रहेको पाइन्छ। आफ्नो तनाव आफै व्यवस्थापन कसरी गर्ने, मैले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक स्वास्थ्य विभाग प्रमुख डा सरोज ओझासँग संक्षिप्त कुराकानी गरेको छु। सुनेर प्रतिक्रिया दिनुहोला।