Skip to main content
NB Media Network

NB Media Network

By NB Media Network

Welcome to NB Media Network, where amazing things happen.
Available on
Google Podcasts Logo
RadioPublic Logo
Spotify Logo
Currently playing episode

“दीगो विकास लक्ष्य प्राप्तीको लागि सहकारी” भन्ने मुल नाराका साथ मनाइयो ६२ औँ राष्ट्रिय सहकारी दिवस ।।

NB Media NetworkApr 03, 2019

00:00
03:44
कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नका लागि सबैको सहयोग अपरिहार्य ।।

कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नका लागि सबैको सहयोग अपरिहार्य ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, १२ पुस । पछिल्लो समयमा बढ्दै गरेको कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नका लागि सबैको सहयोग अपरिहार्य रहेको सरोकारवालाले बताएका छन् । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको आयोजनामा शुक्रबार कञ्चनपुरको बेलौरीमा सञ्चालित कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण सम्बन्धी एकदिने सचेतना कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिहरुले जनचेतनाको अभावले उपभोक्ताहरु ठगिने गरेको निष्कर्ष निकालेका छन् । 


कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नका लागि तीनै तहका सरकारका साथै सरकारको स्वामित्वमा रहेका निकायहरुको पनि सहयोग अपरिहार्य रहेको सुदूरपश्चिम प्रदेश सभा सदस्य कुलबीर चौधरीको धारणा छ । त्यस्तै, विभिन्न कारण बजारमा गुणस्तरहीन अखाद्य वस्तु भित्रिने तथा अनियन्त्रित मूल्य वृद्धिजस्ता समस्याको समाधानमा नगरपालिका केन्द्रित रहेको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीको दाबी छ । सार्वजनिक तथा निजी साझेदारीका रूपमा रहेका संस्थाहरुको समन्वय समेत अपरिहार्य र ती निकायको भूमिका अझ महत्वपूर्ण रहेको बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीको भनाइ छ । 


कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका उपभोक्ताहरुले कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्नसके सहज हुने बताएका छन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रशासन तथा योजना शाखा, वाणिज्य शाखा र आपूर्ति शाखाका शाखा अधिकृत धर्मराज जोशी, कानुन अधिकृत मान बहादुर लामा र बरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले प्रशिक्षण दिनुभएको थियो ।


यसैबीच, पछिल्लो समयमा बढ्दै गरेको कालोबजारी र कृत्रिम अभावलाई कसरी नियन्त्रण गर्न सकिएला भनी हामीले कञ्चनपुरको बेलौरीका केही व्यक्तिहरुलाई सोधेका छौँ । .प्रस्तुत छ, भक्सपप ।।



Dec 28, 201904:19
कौरब र पाण्डवको युद्धको सम्झनामा सुदूरपश्चिममा नाचिने परम्परागत भुवा नाँच लोप हुँदै ।।

कौरब र पाण्डवको युद्धको सम्झनामा सुदूरपश्चिममा नाचिने परम्परागत भुवा नाँच लोप हुँदै ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, १० पुस ।

प्रत्येक वर्षको पुस कृष्ण औंसीका दिन देखि पुस शुक्ल पूर्णीमा सम्म सुदूरपश्चिमका बाजुरा, बझाङ र अछाम लगायतका जिल्लामा मनाइने भुवा पर्व बिहिबारदेखि सुरु भएको छ । यसै अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले बिहिबार प्रदेशभरी सार्वजनिक विदा समेत दिएको थियो । उक्त क्षेत्रमा दशैंपछिको दोस्रो ठूलो मौलिक चाडका रुपमा समेत भुवा पर्वलाई भव्य रुपले मनाउने प्रचलन रहेको छ । यस अवधिमा विभिन्न ठाउँहरुमा नाचिने परम्परागत भुवा नाँच भने अहिले बिरलै देखिन्छ । यद्यपी कौरब र पाण्डवको युद्धको सम्झनामा नाचिने यो नाँचमा पुरुषहरु मात्रै सहभागी हुनुपर्ने मान्यता अहिले कम हुँदै गएको छ भने महिला सहभागितालाई पनि महत्व दिन थालिएको छ । रिपोर्ट...

Dec 26, 201902:46
सुदूरपश्चिम प्रदेशको युवा नीति : कार्यान्वयन गर्न युवाहरुको आग्रह ।। (भक्सपप)

सुदूरपश्चिम प्रदेशको युवा नीति : कार्यान्वयन गर्न युवाहरुको आग्रह ।। (भक्सपप)

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रममा युवाहरुको लागि महत्वपूर्ण नीति ल्याएको छ । लगानीमैत्री वातावरण सिर्जना गरी दिगो विकास लक्ष्य हासिल गर्ने, सार्वजनिक, निजी, सहकारी तथा सामुदायिक क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने, रोजगारीका अवसर सिर्जना गर्दै कूल ग्राहस्थ उत्पादनमा योगदान दिने, युवा रोजगारी सिर्जना गरी गरिबी निवारणका लागि कार्यक्रम सञ्चालन गर्ने तथा कृषि र पशुपालनलाई व्यावसायिक रुपमा विकास गरी युवाहरुलाई स्वरोजगारको अवसर दिने सरकारको नीति छ ।

त्यस्तै, पूँजी, सीप एवं लगानीका स्रोतको अभाव भएका बेरोजगार जनशक्तिलाई सीप सिकाई उद्यमशीलताको विकास, उत्पादनमा बृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान दिनको लागि श्रमप्रतिको सम्मान गर्ने जनशक्ति निर्माण गर्दै बिना धितो सहुलियत दरमा कर्जा प्रवाह गरी स्वदेशमै स्वरोजगार बनाउन र गरिबी निवारण तथा आर्थिक समानता कायम गर्न सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पारित गरी कार्यान्वयनको चरणमा रहेको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशले ल्याएको युवा नीति र कार्यक्रमहरु कस्ता छन् र थप के गर्नुपर्ला भनी पत्रकार हरिश चन्द्र बागले सुदूरपश्चिमका केही युवाहरुलाई सध्नु भएको छ । प्रस्तुत छ, भक्सपप ।।

Nov 15, 201904:23
प्रदेश सरकारले गरेका कामकारवाहीको निगरानी गर्दैछौँ : सार्वजनिक लेखा समितिका सदस्य चौधरी

प्रदेश सरकारले गरेका कामकारवाहीको निगरानी गर्दैछौँ : सार्वजनिक लेखा समितिका सदस्य चौधरी

कञ्चनपुर, २६ कार्तिक । सुदूरपश्चिम प्रदेशको सार्वजनिक लेखा समितिका सदस्य चुन कुमारी चौधरीले प्रदेश सरकारले गरेका कामकारवाहीको निगरानी गरिरहेको बताउनु भएको छ । प्रदेश भित्रका मन्त्रालय एवं मातहतका सरकारी निकायको कामकारवाहीको अनुगमन, विश्लेषण एवं मूल्यांकन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र सभामा प्रतिवेदन पेश गर्ने अधिकार पाएको सार्वजनिक लेखा समितिले आफ्नो जिम्मेवारी पूरा गर्दै आवश्यक परेको स्थानमा सरकारको लगाम कसिरहेको उहाँको दाबी छ ।

नेपालको संबिधानको धारा १९३ ले प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न विषयगत समिति र विशेष समिति गठन गर्न सकिने व्यवस्था गरे अनुरुप प्रदेश सभा नियमावली, २०७४ को दफा १४५ बमोजिम गठन भएका चारवटा समितिहरु मध्ये सार्वजनिक लेखा समिति पनि एक हो । उक्त समितिमा सत्ता पक्ष र प्रतिपक्ष दुवैको सहभागिता रहने हुँदा प्रदेश सरकारका गतिविधिको निश्पक्ष निगरानी गर्ने समितिका रुपमा लिने गरिन्छ ।

त्यस्तै, फरक प्रसंगमा प्रदेश सभा सदस्य समेत रहनुभएकी चौधरीले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनैतिक नक्सामा समावेश गरेको विषयलाई लिएर ठाउँठाउँमा भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन भइरहँदा उक्त आन्दोलन प्रति ऐक्यवद्धता जनाउनु भएको छ । अब नेपाल सरकार र भारत सरकारका प्रधानमन्त्रीहरुले एकापसमा छलफल गरेर यसको दीगो समाधान खोज्नुपर्ने उहाँको भनाइ छ ।

प्रस्तुत छ, यिनै सन्दर्भमा उहाँसंग पत्रकार हरिश चन्द्र बागले गर्नुभएको विशेष कुराकानी ।।

Nov 15, 201906:23
भारतसंगको सीमा विवादको दीर्घकालीन समाधान खोज्नुुपर्ने माग ।।

भारतसंगको सीमा विवादको दीर्घकालीन समाधान खोज्नुुपर्ने माग ।।

कञ्चनपुर, २७ कार्तिक । भारत संगको सीमा विवाद फेरी एकपटक उत्पर्षमा पुगेको छ । अहिले सीमा विवाद सुुदूरपश्चिमको मात्रै नभएर देशव्यापी रुपमा ठूलो समस्याको रुपमा रहेको देखिन्छ । भारतले यस वर्ष मात्रै नेपालको भुुमि लिम्पीयाधुरा, लिपुुलेक र कालापानी क्षेत्रमा आँखा लगाएको होइन, उसले विगत लामोसमय देखि नै नेपालको भुमि माथि आँखा लगाउँदै आएको छ । सीमा विवादका कारण कैंयौं नेपालीले आफ्नै भुमिको रक्षाका लागि लड्दा ज्यान समेत गुुमाउनुु पर्यो भने कति अंगभंग भए । तर, अहिले पनि सीमा विवाद यथावत देखिन्छ । दुई देश बीचको सीमा विवादका कारण सीमा क्षेत्रमा बस्ने नेपालीहरुले दुुःख पाउने गरेका छन् । उनीहरु सरकारले छिट्टै नै यसको दीर्घकालीन समाधान खोज्नुुपर्ने बताउँछन् ।

प्रस्तुत छ, यसै सन्दर्भमा पत्रकार हरिश चन्द्र बागले तयार गर्नुभएको एक रिपोर्ट ...


Nov 13, 201903:08
एक आरक्ष पीडित : जो आफुमा भएको कलालाई पहिचान गरी करोड बराबरको सम्पत्तिका मालिक बने ।।

एक आरक्ष पीडित : जो आफुमा भएको कलालाई पहिचान गरी करोड बराबरको सम्पत्तिका मालिक बने ।।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीका दिनेश विक पेन्टर हुन्, उनले कलात्मक ढंगबाट मूर्ती निर्माण गर्छन् । उनले बनाएको निर्मला पन्तको तस्बीर निकै नै भाइरल बन्यो । उनले बनाउने मुर्तीहरु सुदूरपश्चिमका प्रायः सबै जिल्लामा पुगेका छन् । उनी एक आरक्ष पीडित पनि हुन् । तर उनले सरकारले केही गरिदेला भनेर कहिल्यै बसेनन् । बरु उनले आफुमा भएको कलालाई पहिचान गरी त्यही सीपको सदुपयोग गर्दै आफु स्वावलम्बी बने, आत्मनिर्भर बने । अहिले उनी करोड बराबरको सम्पत्तिका मालिक बनेका छन् । प्रस्तुत त, उनै प्रेरक व्यक्ति दिनेश विक संग पत्रकार हरिश चन्द्र बागले गरेको बिशेष कुराकानी ।। आवाज ।।


Nov 10, 201906:30
गरिमा धानमा बाला नलागेपछि समस्यामा परेका किसानद्वारा क्षतिपुर्तिको माग

गरिमा धानमा बाला नलागेपछि समस्यामा परेका किसानद्वारा क्षतिपुर्तिको माग

हरिश चन्द्र बाग, कञ्चनपुर, २२ कार्तिक । उन्नत जातको भनी नेपाल सरकारले सुचिकृत गरेको गरिमा धानमा बाला नलागेपछि समस्यामा परेका किसानले सरकारसंग क्षतिपुर्तिको माग गरेका छन् ।

दाङको लमहीमा रहेको सनराइज एग्रीकल्चर एण्ड रिसर्च सेन्टर प्रालिले भारतको हैदरावाद स्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातको वर्णश्रंकर जातको धान आयात गरी नेपालमा कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, कपिलवस्तु, तनहुँ, नवलपरासी पूर्व र चितवन जिल्लामा बिक्री वितरण गरेको थियो । ढिलो गरी बाला पसाउने भनिएपनि कार्तिकको मध्य समयसम्म पनि बाला नपसाएपछि पीडित किसानहरुले क्षतिपूर्तिको माग गरेका हुन् ।

उता प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको गत शुक्रबार बसेको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव रघुराम विष्टले गरिमा धानले बाला नहालेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति दिने बताउनु भएको छ । गरिमा जातको धानले बाला नहाल्दा भएको क्षतिबारे अध्ययन गर्न मन्त्रालयले बनाएको समितिले एक महिना भित्रमा प्रतिवेदन बुझाउने र त्यसपछि क्षतिपूर्ति दिइने बताइएको छ ।

यसैबीच गरिमा धानबाट प्रभावित किसानहरुलाई कस्तो क्षतिपुर्ति दिनुपर्ला भनी हामीले कञ्चनपुरका केही किसानलाई सोधेका छौँ । प्रस्तुत छ, भक्सपप ।।

Nov 08, 201903:15
 कडा कुपोषण शुन्य वडा घोषणा अभियान अन्तर्गत हजार दिने आमाहरूलाई पोषण सम्बन्धी अभिमुखीकरण ।।

कडा कुपोषण शुन्य वडा घोषणा अभियान अन्तर्गत हजार दिने आमाहरूलाई पोषण सम्बन्धी अभिमुखीकरण ।।

प्रेमा आचार्य, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ६ मा कडा कुपोषण शुन्य वडा घोषणा अभियान अन्तर्गत हजार दिने आमाहरूलाई पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

पहिलो दिन मंगलबार बेलौरी नगरपालिका वडा नं. ६ का हात्तिबोझा, विद्यानगर र शान्तिनगर टोलका सुनौलो हजार दिने आमाहरूलाई बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा एक औपचारिक कार्यक्रमका बीच अभिमुखीकरण संगै सरसफाइ सम्बन्धी सामग्री समेत प्रदान गरिएको थियो ।

सोही अभियान अन्तर्गत दोस्रो दिन बुधबार बेलौरी नगरपालिका वडा नं. ६ सिसमघारी, रिछाहा, पुरानो बेलौरी, दुम्ली र ढक्काचाँदर गाउँटोलका सुनौलो हजार दिने आमाहरूलाई पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरी सरसफाइ सम्बन्धी सामग्री समेत प्रदान गरिएको बेलौरी नगरपालिकाका खरिदार रेशम चौधरीले बताउनु भयो ।

बेलौरी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राम प्रकाश बडायक लगायत वडा सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र सुआहाराका प्रतिनिधिहरूको उल्लेख्य सहभागितामा सुनौलो हजार दिने आमाहरूलाई प्रशिक्षण दिइएको हो ।

प्रस्तुत छ, सोही कार्यक्रम सम्बन्धी तयार पारिएको अडियो रिपोर्ट...

Apr 18, 201905:38
युवा लक्षित कार्यक्रम अन्तर्गत तरकारी तथा च्याउ खेती गर्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप चेक हस्तान्तरण ।।

युवा लक्षित कार्यक्रम अन्तर्गत तरकारी तथा च्याउ खेती गर्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप चेक हस्तान्तरण ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।

कञ्चनपुरको बेलौरी नगरपालिका कृषि विकाश शाखाले एक कार्यक्रमका बीच युवा लक्षित कार्यक्रम अन्तर्गत तरकारी तथा च्याउ खेती गर्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप चेक हस्तान्तरण गरेको छ । बेलौरी नगरपालिका भित्रका च्याउ खेती गर्ने १२ जना र तरकारी खेती गर्ने १६ जना गरी जम्मा २८ जना कृषकहरुलाई चेक हस्तान्तरण गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले बताउनु भएको छ । 

औपचारिक कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीले प्रोत्साहन स्वरुप रकम प्राप्त गर्ने सबै कृषकहरुलाई बधाई ज्ञापन गर्दै व्यावसायिक कृषि पेसा अवलम्बन गर्न सुझाव दिनु भयो । कार्यक्रमको सञ्चालन बेलौरी नगरपालिका कृषि विकाश शाखाका कृषि प्राविधिक हरिश सेठीले गर्नुभएको थियो भने स्वागत मन्तव्य नायव प्राविधिक सहायक सविना कुँवरले गर्नु भएको थियो । एक रिपोर्ट...

बेलौरी नगरपालिका कृषि विकाश शाखाले यही बैशाख ४ गते बुधबार आयोजना गरेको युवा लक्षित कार्यक्रम अन्तर्गत तरकारी तथा च्याउ खेती गर्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप चेक हस्तान्तरण कार्यक्रममा कृषकहरुलाई सम्बोधन गर्नुहुँदै कृषि विकाश शाखाका संयोजक एवं वडा नं. ३ का वडाध्यक्ष नेत्रराज गिरीले उत्पादित वस्तुलाई बजारको समस्या भए त्यसको व्यवस्थापन गर्न सकिने बताउनु हुँदै नगरपालिका कृषिमा आधारित रहेको स्मरण गराउनु भयो । ।। आवाज ।।

बेलौरी नगरपालिका कृषि विकाश शाखाबाट यसअघि गहुँ प्रदर्शनीका लागि अनुदान पाउनु भएका बेलौरी नगरपालिका वडा नं. ४ मोतिपुरका सकृय कृषक गीता जोशीले गहुँ  खेती राम्रो भएको प्रतिकृया दिनु भयो । ।। आवाज ।।

बेलौरी नगरपालिका वडा नं. २ बैजुडाँडाका अर्का कृषक इन्दिरा चौधरीले ५ कट्टा भन्दा बढी जमीनमा तरकारी खेती गरेर परिवारको घर खर्च धान्न सकिएको बताउनु भयो । ।। आवाज ।। 

त्यस्तै बेलौरी नगरपालिका वडा नं. १० शिवनगरका अर्का कृषक कमल प्रसाद उपाध्यायले पनि युवा लक्षित कार्यक्रम अन्तर्गत तरकारी खेति गरी बेलौरी नगरपालिका कृषि विकाश शाखाद्वारा प्रोत्साहन स्वरुप रकम प्राप्त गर्नुभएको छ । उहाँले प्रोत्साहन प्राप्त गरिसकेपछि कृषि क्षेत्रमै डटेर लाग्ने प्रेरणा मिलेको बताउनु भयो । ।। आवाज ।।

बेलौरी नगरपालिका भित्रका च्याउ खेती गर्ने १२ जना र तरकारी खेती गर्ने १६ जना गरी जम्मा २८ जना कृषकहरुलाई चेक हस्तान्तरण गरिएको र यसबाट कृषकहरुलाई व्यावसायिक रुपमा काम गर्न थप सहज हुने बेलौरी नगरपालिका कृषि विकाश शाखाका नायव प्राविधिक सहायक सविना कुँवरले विश्वास व्यक्त गर्नुभयो । ।। आवाज ।।

बेलौरीका व्यावसायिक कृषकहरुलाई थप प्रोत्साहन स्वरुप गरिएको सहयोगले उहाँहरुमा नयाँ उर्जा मिलेको छ । उहाँहरुले अब कृषि पेसामा थप कृयाशील हुने बताउँदै गर्दा अन्य अगुवा कृषकहरुले पनि कृषिलाई व्यावसायिक रुपमा प्रबर्धन गर्नुपर्ने र उत्पादित वस्तुको बजारीकरणका लागि भने स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने देखिन्छ । 



Apr 18, 201906:47
“दीगो विकास लक्ष्य प्राप्तीको लागि सहकारी” भन्ने मुल नाराका साथ मनाइयो ६२ औँ राष्ट्रिय सहकारी दिवस ।।

“दीगो विकास लक्ष्य प्राप्तीको लागि सहकारी” भन्ने मुल नाराका साथ मनाइयो ६२ औँ राष्ट्रिय सहकारी दिवस ।।

 हरिश चन्द्र बाग, कञ्चनपुर ।
“दीगो विकास लक्ष्य प्राप्तीको लागि सहकारी” भन्ने मुल नाराका साथ बुधबार ६२ औँ राष्ट्रिय सहकारी दिवस देशैभर विभिन्न रचनात्मक कार्यक्रम गरी मनाइएको छ । नेपालमा सहकारी दर्जनौँ प्रकारका छन् । ती मध्ये महिलाले सञ्चालन गरेका ९१ प्रतिशत सहकारी सफल भएकोले महिला समूहले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ । त्यस्तै, अहिले सीमान्तकृत वर्गसम्म सहकारी पुग्नु र उनीहरूलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउन सहकारीले उत्पादनसँग जोड्न गरेको पहल सकारात्मक मानिन्छ । एक रिपोर्ट... 

स्थानीय रानाथारु समुदायका महिलाहरु सहकारी सम्बन्धी गीत गाउँदै ।। आवाज ।।

यी हुन् कञ्चनपुर र कैलालीमा मात्रै स्थायी बसोबास गर्ने रानाथारु समुदायका महिलाहरु । बुधबार कञ्चनपुरको लालझाडी गाउँपालिकामा ६२ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरिएको एक कार्यक्रममा सहकारी सम्बन्धी गीत गाउँदै ।

समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारी हो । आधुनिक सहकारीको इतिहास सन् १८४४ को डिसेम्वर २१ का दिन वेलायतको म्यानचेष्टर सिटीबाट बाट शुरु भएको हो । नेपालको सन्दर्भमा प्राचीन कालदेखि नै गुठी, धर्मभकारी, मङकाखलः, पर्म आदि नामबाट सहकार्यको शुरुआत भएको पाइन्छ । नेपालमा वि.सं. २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना भएको थियो । वि.सं. २०१३ सालमा तत्कालिन सरकारको कार्यकारी आदेशमा १३ वटा प्रारम्भिक संस्थाहरु स्थापना भएका थिए । वि.सं. २०४८ पश्चात सहकारी स्थापना गर्ने एक लहर नै चलेको पाइन्छ । देशभर हाल जम्मा ३४ हजार ६ सय भन्दा बढी सहकारी संस्था दर्ता भएको अवस्था छ । त्यस्तै, सहकारी संस्थामा ६० हजार भन्दा बढिले रोजगारी पाएका छन् ।

अहिले सञ्चालित सहकारीहरु मध्ये महिला, गरीब, सीमान्तकृत, मुक्त कमैया, मुक्त कम्हलरी, भूमिहीन तथा पिछडिएका समुदायले सञ्चालन गरेका सहकारी सफल भएका छन् । सहकारीमा आवद्ध भएपछि जीवनयापनमा सहजता भएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका प्रवक्ता बहादुर रानाको भनाइ छ ।। आवाज ।।

नेपाल सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सफल पार्न सरकारी, सहकारी र निजी क्षेत्रको सहकार्यमा जोड दिएको छ । यता सुदूरपश्चिम प्रदेश सरकारले सहकारीका सन्दर्भमा के गर्दै छ त ? राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङ ।। आवाज ।।

एक परिवार एक सहकारी सदस्यको नीति कार्यान्वयनमा ल्याईने, एकै प्रकृतिका सहकारी संस्थाहरु एक आपसमा गाभ्न प्रोत्साहन गरिने, सहकारी विभागलाई साधनस्रोतले सम्पन्न गराइने, वित्तीय सहकारी क्षेत्रको जोखिमलाई न्यून गर्न सदस्यहरुको निश्चित सीमासम्मको बचत तथा ऋण सुरक्षण गर्ने, सहकारी बचत सुरक्षण कोष र सहकारी ऋण लगानी सुरक्षण कोषको स्थापना गर्ने, उत्पादक सहकारीको विकासलाई जोड दिने, आर्थिक तथा सामाजिक रुपमा पछि परेका महिला, गरीब, सीमान्तकृत, भूमिहीन तथा पिछडिएका समुदायलाई सहकारी व्यवसाय मार्फत जीविकोपार्जनको कार्यमा लगाउन सरकार सहकारी साझेदारीमा फलफूल, कृषि, पशुपालन, मत्स्यपालन तथा विभिन्न उद्योगको स्थापना र संचालन गर्ने, सहकारीलाई पुँजीगत अनुदान उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

Apr 03, 201903:44
गोविन्द गौतमले शहादत प्राप्त गरेको दुई वर्ष पूरा, सीमा विवाद अझ उस्तै ।।

गोविन्द गौतमले शहादत प्राप्त गरेको दुई वर्ष पूरा, सीमा विवाद अझ उस्तै ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।

कञ्चनपुरको पुनर्वासमा सीमा विवाद हुँदा स्थानीय गोविन्द गौतमले शहादत प्राप्त गरेको दुई वर्ष पूरा भएको छ । वि.सं. २०७३ फागुन २६ गतेका दिन भएको सीमा विवादका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतमले शहादत प्राप्त गरेका थिए । घटना घटेको दुई वर्ष पूरा हुँदा समेत सीमा विवाद अझै सुल्झिएको छैन । उता शहीद गोविन्द गौतमका परिवारले भने विभिन्न निकायबाट दिइएको आश्वासन अझै कार्यान्वयन नभएको बताएका छन् ।  रिपोर्ट...


दुई वर्ष अघि फागुन २६ गतेका दिन आफ्नै भूमीमा कल्भर्ट निर्माण गर्दा भारतीय पक्षबाट अबरोध सृजना भएपछि विवाद भई भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागि स्थानीय गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो । त्यस लगत्तै भारतीय हस्तक्षेप विरुद्ध सर्वत्र विरोध भएको थियो भने मृतक गौतमलाई शहीद घोषणा गर्नुपर्ने माग गर्दै परिवारसँगै, आफन्त र स्थानीयले समेत आन्दोलन चर्काएका थिए । चर्को जनदवाव पछि नेपाल सरकारले गौतमलाई शहीद घोषणा गर्दै मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ, श्रीमतीलाई जागिर र छोरीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गर्याे । त्यतिमात्रै होइन, राहत रकम लिएर गौतम निवास पुगेका तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले घटनाका विषयमा भारतीय पक्षसँग छलफल गरी दोषीलाई कारवाही र विवादित सीमा क्षेत्रको नक्सांकन गर्ने विषयमा सरकारको तर्फबाट प्रतिबद्धता समेत गरेका थिए । 


सरकारले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएको पनि दुई वर्ष पूरा हँुदैछ । यस बीचमा सरकारको नेतृत्व पनि परिर्वतन भयो । तर, दोषी भारतीय सुरक्षाकर्मीलाई कारवाही त परै जाओस्, आजसम्म शहीद गौतमका परिवारको बारेमा सरकारले गरेका प्रतिबद्धता पूरा समेत भएका छैनन् । सरकारले राहात स्वरुप रु. १० लाख दिएपनि सहिद गौतमकी श्रीमती लक्ष्मी गौतमलाई रोजगारी दिने, शहीद गौतमको शालिक बनाइदिने लगायतका आश्वासन भने पूरा भएका छैनन् । आफ्नो छोराको हत्यापछि धेरैले थुप्रै आश्वासन दिएको भएपनि कसैले पूरा नगरेको शहीद गोविन्द गौतमकी आमा हरिदेवी गौतमको दुखेसो रहेको छ ।। आवाज ।।


यता, सरकारले जनाएको प्रतिबद्धता अनुसार न अहिलेसम्म दोषी पत्ता लागेको छ, न त विवादित क्षेत्रमा सीमा नक्सांकनको काम नै हुन सकेको छ । बरु, जुन ठाउँमा गौतमको ज्यान गएको थियो, विवादीत क्षेत्र भन्दै अहिले भारतीय पक्षले त्यो बाटो आवात–जावत नै बन्द गरेको छ । भारतीय सीमा सुरक्षा बलले तत्काल बनाइएको कल्भर्टको बाटो हिँड्न नदिएपछि स्थानीय अर्को बाटो प्रयोग गरेर हिँड्न बाध्य छन् । शहीद गोविन्द गौतमको सम्झनामा आइतबार कञ्चनपुरको पुनर्वास नगरपालिकाले स्मृती सभा कार्यक्रम गरेको थियो । स्मृती सभालाई सम्बोधन गर्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवन राज थापाले सहिद गोविन्द गौतमका छोरीहरुलाई पढाइ लगायतको खर्च स्वरूप प्रति व्यक्ति वार्षिक रु. १० हजारका दरले वर्षको ३० हजार सहयोग गर्ने कार्यपालिकाको निर्णय सार्वजनिक गरेका छन् । 


त्यस्तै, चालु आर्थिक वर्षमा थोरै रकम विनियोजन गरिएको भएपनि त्यो पर्याप्त नभएकोले स्थानीय नागरीकको सुझाव अनुसार थप बजेट विनियोजन गरी काम गरिने प्रदेश सभा सदस्य तारा लामा तामाङको भनाइ छ । आवाज  ।।


त्यस्तै, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीको आश्वासन यस्तो छ । आवाज ।।


शहीद पविारलाई अव आश्वासन मात्र होइन । दिइएको आश्वासन पूरा पनि गर्नुपर्ने देखिन्छ भने सीमा विवाद लाई कुटनीतिक तबरले टुङ्ग्याउनु आवश्यक छ । 


Mar 10, 201905:37