Skip to main content
Nepal Watch

Nepal Watch

By Nepal Watch

Currently playing episode

सबैको माया छ, तर आफ्नै माया छैन || Mahalaxmi Nepal || Amit Ghimire || Jamana Episode -1

Nepal WatchNov 20, 2021

00:00
34:17
#NepalWatchPodcast #NepalWatch #Jamana मिठो खाने लोभले २४ वर्ष जेठासँग विहे || Jamana Episode 2 || Makar Bahadur & Ratna Kumari Gharti ||

#NepalWatchPodcast #NepalWatch #Jamana मिठो खाने लोभले २४ वर्ष जेठासँग विहे || Jamana Episode 2 || Makar Bahadur & Ratna Kumari Gharti ||

मिठो खाने लोभले २४ वर्ष जेठासँग विहे || Jamana Episode  2 || Makar Bahadur & Ratna Kumari Gharti ||  

नेपालवाच मल्टिमिडियाले पोडकास्ट अन्तर्गत स्वरुप अडियो प्रस्तुत गर्ने गरेको छ । हरेक साता शनिबार जमानामार्फत हामीले उतिबेलाको नेपालको जीवन्त चित्र क्मतीमा ७० वर्ष कटेका आमा–बुबाहरुसँग लिने गरेका छौं ।  

त्यतिबेलाको समाज, जीवनशैली, प्रेमको चित्र हामीले अडियोमार्फत देखाउनेछौं । यसै सन्दर्भमा हामी यो शृंखलामा सिन्धुपाल्चोक साविक साँगाचोक वडा नं. ६ पुगेका थियौं । त्यहाँ भेटिएका मकरबहादुर घर्ती र उहाँकी श्रीमती रत्नकुमारीलाई भेट्यौं ।मकरबहादुर २०९६ माघ १६ जन्मेका थिए। जसले ३५ वर्षको उमेरमा आफूभन्दा २४ वर्ष कान्छी रत्नकुमारीलाई विवाह गरेर ल्याए । अनि घरजम बसाले ।  त्यतिबेला पनि उनले बालविवाहको मुद्धा खेपे । 

जीवन ज्यूने शृंखलाका उकाली ओरालीमा आइपरेका चुनौति, हाँसो, खुशी, आँसु रोदनहरुसँगै त्यतिबेलाको गाउँले प्रेमका अनेक किस्साहरु हामीले समेटेका छौं।  सुनौं नेपालवाचकर्मी अमित घिमिरेको प्रस्तुतिमा घर्ती दम्पत्तिद्वयसँग गरिएको अन्तरंग कुराकानी ।

Dec 05, 202138:56
सबैको माया छ, तर आफ्नै माया छैन || Mahalaxmi Nepal || Amit Ghimire || Jamana Episode -1

सबैको माया छ, तर आफ्नै माया छैन || Mahalaxmi Nepal || Amit Ghimire || Jamana Episode -1

महालक्ष्मीको जीवनमा हाँसोभन्दा रोदन बढी छ । हाडमा छाला टाँसिएको छ  । हाड पनि सुकिसकेको छ । अब नसुकेको भनेको त्यही आँसुमात्रै बाँकी छ । सारै दिक्दार हुँदा उनलाई लाग्ने एउटै कुरामात्रै हो– खुसुक्क यो बोल्ने (सास) गइदिएदेखि हुन्थ्यो भन्ने लाग्छ । तर सपना त बाँकी छन्, मनमा केही कुराको तिर्सना बाँकी नै छ । आफ्ना आफन्तहरू सबैलाई भेट्न मन छ । भन्छिन्, ‘कसैले लगिदिए त हुन्थ्यो ।’   

(नेपालवाच पोडकास्टमा प्रस्तुत छ– जमाना । जमानाका श्रृंखलामा साहित्यकार अमित घिमिरेले राजधानीनजिकैको जिल्ला सिन्धुपाल्चोकका विभिन्न स्थानमा पुगेर सात दशकभन्दा माथि उमेर पुगेका व्यक्तिसँग गरेको कुराकानी प्रस्तुत हुनेछ । घिमिरे भन्छन्– जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कवि भनिन्छ । तर मलाई भन्न मन लाग्छ जहाँ पुग्दैन रवि र कवि, त्यहाँ पुगेको हुन्छ अनुभवी ।) 

https://www.nepalwatch.com 

#NepalWatchPodcast #NepalWatch #Jamana

Nov 20, 202134:17